देश-प्रदेश खबर पोष्ट

‘आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरणमा रोक लगाउनु दुर्भाग्यपूर्ण’ : प्रवक्ता खड्का

चितवन । राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष एवं प्रवक्ता नहेन्द्र खड्काले निर्वाचन आचारसंहिता लागू नहुँदै लालपुर्जा वितरण लगायत भूमि आयोगका काममा बाधा पुर्याउनु दुर्भाग्यपूर्ण भएको दाबी गर्नुभएको छ ।

यो वर्षमै ५ लाख पुर्जा वितरण गर्ने गरि आयोगका गतिविधिले तिब्रता पाइरहेको समयमा निर्वाचन आयोगको निर्देशनले असर गर्ने उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको हो । साथै उहाँले निर्वाचन आयोगको निर्देशनबाट निराश नहुन भूमिहीनहरुलाई आग्रह गर्दै भूमि आयोग साथमै छ भनेर विश्वस्त रहन समेत अनुरोध गर्नुभएको छ ।

राष्ट्रिय भूमि आयोगले चितवनसंगै केही जिल्लामा तत्कालै पुर्जा वितरण गर्ने कार्यक्रम तय गर्नुका साथै केहि जिल्लामा लगत संकलनका लागि भदौ २९ गते मात्रै ३५ दिने सूचना प्रकाशन गरेको थियो । निर्वाचन आयोगले पुर्जा वितरण मात्र नभई निवेदन लिने, निश्सा दिने लगायतका काममा समेत असर पर्ने गरि आयोगका गतिविधि रोकेको दुई दिनभित्रै निर्वाचन आयोगमा जानकारी गराउन बिहीबार भूमि आयोगलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार