चितवन । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजनामा झम्टा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
विज्ञापन १
माडी-३, बघौंडा गाउँस्थित नवनिर्मित कभर्डहलमा उल्लेख्य दर्शक र सहभागीतामा जितिया विशेष झम्टा कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा माडीभरीका ३२ वटा महिला टोली र गाउँ समूहले परम्परागत एवं स्वसिर्जित गीतमा झम्टा प्रदर्शन गरेका थिए ।
विज्ञापन २
थारु कल्याणकारिणी सभा माडीका सभापति भीमप्रसाद महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका कार्यबाहक नगरप्रमुख खेमप्रसाद महतो रहनुभएको थियो ।
विज्ञापन ३
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख महतोले आदिवासी थारु समुदायको भाषा र संस्कृति संरक्षण गर्नु माडी नगरपालिकाको एक दायित्व रहेकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।