मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी क्याम्पस र आन्दोलनरत अखिल (क्रान्तिकारी)बिच चारबुँदे सहमती, तालाबन्दी खुल्यो

  • A
  • A+
  • A++

चितवन । माडी क्याम्पस र आन्दोलनरत बिप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)बिच चारबुँदे सहमती भएसंगै क्याम्पस प्रमुखको कार्यकक्षमा लागेको ताला खुलेको छ ।

विज्ञापन १

चारबुँदे सहमतीको पहिलो बुँदामा आउँदो असोज २४ गते क्याम्पस सभा आयोजना गरी नयाँ सञ्चालक समिति गठन गर्ने रहेको छ ।

विज्ञापन २

त्यस्तै दोश्रो बुँदामा २०७३ सालको धनधान्याचल महायज्ञका बोलचन्दा एवं दानस्वरूप बोलिएको जग्गा तीन महिनाभित्र उठाउन तत्कालै सुचना जारी गर्ने र सो अवधीमा बाँकी रहेका व्यक्तिहरुको नाम सार्वजनिक गर्ने रहेको छ ।

विज्ञापन ३

सहमतीको तेश्रो बुँदामा क्याम्पसको आन्तरिक एवं बाह्य लेखापरीक्षण प्रतिवेदन आउँदो क्याम्पस सभाभित्र सम्पन्न गरी सार्वजनिक गर्ने अभिलिखित छ ।

चौथो बुँदामा माडी क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई क्याम्पसको बिधानको दफा २७ को उपदफा ३ संग बाझिने गरी गरिएका सबै खाले स्थायी नियुक्ति बदर गर्ने रहेको छ ।

बिधानको सो दफामा ‘माडी क्याम्पससंग समानान्तर अन्य संस्थाहरुसंग समय नबाझिने गरी विषयगत आवश्यकताका आधारमा पूणर्कालिन तथा स्थायी गर्न सकिने’ उल्लेखित रहेको क्याम्पस प्रमुख नेत्र प्रसाद गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया