देश-प्रदेश खबर पोष्ट

सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै जितिया पर्व मनाइँदै, माडीमा सार्वजनिक बिदा

चितवन । सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै आज जितिया पर्व मनाइँदै छ । यो पर्वको अवसरमा थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने प्रचलन छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइने यो पर्वको आज दोस्रो र मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा बताउँछन् । तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी महिलाहरूले पनि जितिया पर्व मनाउने गर्दछन् ।

जितिया पर्वको अवसरमा आज आइतबार माडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । पर्वको अवसरमा माडीका नगरप्रमुख ताराकुमारी काजी महतो र कार्यवाहक नगरप्रमुख खेमप्रसाद महतोले शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार