आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसनद्वारा रतनी धोबाहा स्कुललाई स्वयम् सेवक शिक्षक राख्न सहयोग

  • A
  • A+
  • A++

चितवन । अमेरिकास्थित एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसन र माडीको आधारभूत विद्यालय रतनी धोबाहाबिच एकजना स्वयम् सेवक शिक्षक राख्नका लागि आर्थिक सहयोग दिनलिन सम्झौता भएको छ ।

विज्ञापन १

दातृसंस्थाका तर्फबाट अध्यक्ष माधव मरासिनी र विद्यालयका तर्फबाट प्रधानाध्यापक वीरेन्द्र महतोले हस्ताक्षर गर्नुभई आउँदो शैक्षिक बर्षको सुरुवातबाट स्वयम् सेवक शिक्षकका लागि मासिक रु २० हजार दिने सम्झौता भएको हो ।

विज्ञापन २

दुबै पक्षबिच माडी नगरपालिका ३ नम्बरको वडा कार्यालयमा वडाध्यक्ष पुरन महतोको रहोबरमा सम्झौतामा हस्ताक्षर भएको हो । आगामी शैक्षिक बर्षदेखि कक्षा ६ सञ्चालनको तयारी गरेको सो विद्यालयलाई सघाउन यसअघि अमेरिकास्थित सो संस्थाले मासिक रु २० हजारका दरले एक बर्षसम्म रकम पठाउने निर्णय गरेको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया