शनिबार, मङि्सर २२, २०८१
शनिबार, मङि्सर २२, २०८१

देश-प्रदेश खबर पोष्ट

हुलाकी राजमार्ग अन्तरगत निकुञ्ज खण्डमा सडक बनाउन वन मन्त्रालयद्वारा ई.आई.ए.को सहमती

  • A
  • A+
  • A++

वन तथा वातावरण मन्त्रालयले अन्ततः वीरगञ्ज-ठोरी-माडी-जगतपुर हुदै भरतपुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत निकुञ्ज खण्डमा सडक बनाउन ई.आई.ए.को सहमती दिएको छ ।

विज्ञापन १

मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्ज खण्डको ध्रुबघाट-बनकट्टा हुलाकी सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन सहमती प्रदान गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको हो ।

विज्ञापन २

त्यस्तै, बाँदरझुलाबासीको आग्रह र वातावरणीय दृष्टिले समेत उपयुक्त हुने ठहर गर्दै बगहीँ-प्याउली-कसुमखोला-बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माणका लागि पनि ई.आई.ए.को सहमति दिईएको छ ।

विज्ञापन ३

सहमती पत्रमा निकुञ्जभित्र बनकट्टाबाट ध्रुबघाटसम्म सडक निर्माण गरी ध्रुबमा राप्ती नदीको नयाँ पुल निर्माण गर्दा र पूर्वतर्फ बगहीँबाट कुसुमखोला हुँदै बाँदरझुलातर्फ हुलाकी सडक बनाउँदा जैविक विविधतामा कम प्रभाव पर्ने सुझाव दिइएको देखिन्छ ।

यसबाहेक राप्तीदेखि रीउसम्मको निकुञ्ज खण्डमा बन्यजन्तुको आवतजावतका लागि सकेसम्म अण्डरपासको निर्माण गर्नुपर्ने; ई.आई.ए. कार्यमा निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय समुदायको प्रतिनिधी र वातावरण विज्ञको समेत सहभागिता रहनुपर्ने र इलेभेटेड हाइवेलाई समेत विकल्पका रुपमा अध्ययन गर्नुपर्ने लगायतका सर्त राखिएका छन् ।

माडीबासीको बर्षौंदेखिको व्यग्रता, माडी नगरपालिका र यहाँका दलहरुको दर्जनौं डेलिगेशन, वडाध्यक्ष कृष्ण पौडेलको अनसन र पूर्व प्रधानमन्त्री प्रचण्डको लगातारको ताकेतापछि अन्ततः वन मन्त्रालयले निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि ई.आई.ए.को सहमती दिएको हो ।

तपाईको प्रतिक्रिया