चितवन । माडी नगर पशुपन्छी तथा मत्स्य विकास शाखा अन्तरगतको माडी भेटेरिनरी अस्पतालले अभियानका रुपमा निःशुल्क रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गर्दैछ ।
अस्पतालले १६औं विश्व रेबिज दिवसको सन्दर्भमा आउँदो असोज ९ गते आइतबारदेखि १४ गते शुक्रबारसम्म माडी नगर क्षेत्रभरीका कुकुरहरुलाई निःशुल्क रेबिज खोप अभियान सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तरगत भोलि असोज ९ गते माडी नगरपालिका वडा नं. १ र २ मा, ११ गते मंगलबार वडा नं २ र ४ मा, १२ गते बुधबार वडा नं ५ र ६ मा, १३ बिहीबार गते वडा नं ७ र ८ मा र १४ गते शुक्रबार माडी ९ मा खोप लगाउने अभियान रहेको शाखाले जनाएको छ ।
खोप सेवा सम्बन्धित वडा कार्यालयमा बिहान ७ बजे देखि १० बजेसम्म लगाइने शाखा प्रमुख डा. रबिन बस्ताकोटीले जनाउनुभयो । यसबर्ष विश्व रेबिज दिवसको नारा ‘एक स्वास्थ्यको अवलम्बन : रेबिजबाट शुन्य निधन’ रहेको छ ।