चितवन । चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बगहीँदेखि अमुवा पोष्टसम्मको सुबिधा प्राप्त बाटोको दुबैतर्फ झाडी फाँड्न सुरु भएको छ ।
विज्ञापन १
झाडी फाँड्न माडी नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको ५ लाख रुपैंया बजेट व्यवस्थापन गरेको माडी ९ का वडाध्यक्ष घनश्याम दवाडीले जानकारी दिनुभयो ।
विज्ञापन 2
निकुञ्जको माडीको बगहीँदेखि ठोरीको अमुवासम्मको बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्ने काममा माडी ९ का बिपन्न परिवारका करीब ५० जनालाई सहभागी गराइएको वडाध्यक्ष दवाडीको भनाई छ ।
निकुञ्जभित्र बनकट्टादेखि कसरा पोष्टसम्म बर्षेनी बाटो वरपरको झाडी सफा हुने गरेपनि बगहीँदेखि अमुवा पोष्टसम्म झाडी सफाई हुनेगरेको थिएन । सो सडक खण्डमा हात्ती लगायतका जंगली जनावरहरुको आक्रमणबाट हताहती हुँदै आएको छ ।