चितवन । धान पाक्ने समय आएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट जंगली हात्तीहरु मानव बस्ती छिर्न थालेका छन् ।
यसअघि दर्जनौं मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्ती गएराती माडी १, पाण्डवनगर बोटेगाउँ प्रवेश गरेको थियो । हात्ती प्रवेश गरेसंगै पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले व्यवस्था गरेको दुईवटा ट्रयाक्टरको सहयोगमा स्थानीयबासीहरुले राती १०ः४५ बजे ध्रुबेलाई रीउ कटाएका थिए ।
बस्तीमा छिर्नुअघि ध्रुबले निकुञ्जभित्र यात्रुबाहक बस छेकेको थियो । त्यसअघि सो हात्तीले अमिलिया क्षेत्रमा एकवटा पाडोलाई समेत मारेको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुले जानकारी दिनुभयो । कुनै बेला आंतक मच्चाएर बदनामी कमाएको ध्रुवे हात्तीले फेरी आतंक मच्चाउन सक्ने त्रास बढ्न थालेको छ । (सम्पादित फोटो)