मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

फार्मासिस्ट दिवसका अवसरमा माडीमा फार्मेसी अध्ययनरत विद्यार्थीहरुद्वारा वृक्षारोपण

  • A
  • A+
  • A++

चितवन । विश्व फार्मासिस्ट दिवसका अवसरमा माडीको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयमा फार्मेसी बिषय अध्ययनरत विद्यार्थीहरुले वृक्षारोपण गरेका छन् ।

विज्ञापन १

माडी क्षेत्रमा फार्मेसी बिषयमा प्राविधिक शिक्षा दिइरहेको एकमात्र शैक्षिक संस्था रहेको सो शिक्षालयमा डिप्लोमा तहको फार्मेसी अध्ययनरत विद्यार्थीहरुले शिक्षालय परिसरमै बृक्षारोपण गरी दिवस मनाएका हुन् ।

विज्ञापन २

वृक्षारोपण गर्नुपूर्व शिक्षालयका प्राचार्य उपेन्द्र पोखरेल र फार्मेसी विभाग प्रमुख विकास गायकले फार्मेसी दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । हरेक वर्षको सेप्टेम्बर २५ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया