चितवन । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले माडी ६ र ७ मा ५/५ सदस्यीय वडा समिति गठन गरेको छ ।
विज्ञापन १
रा.स्व.पा.को माडी-६ सभापतिमा अशोक पौडेल, उप-सभापतिमा सम्झना आचार्य, सचिवमा नबिन चापागाईं, सदस्यमा कृष्ण प्रसाद पौडेल र महिला सदस्यमा देवी खत्री भण्डारी चयन हुनुभएको छ ।
विज्ञापन २
त्यस्तै, माडी ७ सभापतिमा चन्द्रकान्त सापकोटा, उप-सभापतिमा रुपा पोख्रेल, सचिवमा सन्दीप काफ्ले, सदस्यमा बुद्धि लामिछाने र महिला सदस्यमा सिर्जना पौडेल रहनुभएको छ ।
विज्ञापन ३
यसैबिच, रा.स्व.पा.का केन्द्रीय सभापति रबि लामिछानेले आउँदो असोज १२ गते बुधबार बिहान ११ बजे माडीको बघौंडास्थित कभर्ड हलमा खुला सम्बोधन गर्नुहुने भएको छ । पार्टीको माडी नगर भेलामा सभापति लामिछानेले खुला सम्बोधन गर्ने कार्यक्रम तय भएको माडी नगर सभापति नारायण रिजालले जानकारी दिनुभयो ।