सोमबार, मङि्सर २४, २०८१
सोमबार, मङि्सर २४, २०८१

माडी (स्थानीय) खबर पोष्ट

गर्दी महिला साना किसान कृषि सहकारीले गत आ.व.मा ५९ लाख खुद मुनाफा आर्जन

  • A
  • A+
  • A++

चितवन । गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्षमा वित्तिय कारोबारबाट करीब ५९ लाख खुद मुनाफा आर्जन गरेको छ ।

विज्ञापन १

सहकारीको सोमबार सम्पन्न नवौं बार्षिक साधारणसभामा सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आ.व.मा सम्पूर्ण वित्तिय कारोबारबाट ५८ लाख ८४ हजार ९९२ रुपैंया खुद मुनाफा आर्जन भएको हो । त्यस अघिको आर्थिक बर्षमा सहकारीको खुद मुनाफा ३७ लाख ४१ हजार ५१३ रुपैंया रहेको थियो ।

विज्ञापन २

सहकारीका अध्यक्ष धनरजिया चौधरीको अध्यक्षतामा बरुवा बजारस्थित चौरमा सम्पन्न साधारणसभामा माडीका कार्यबाहक नगरप्रमुख खेम प्रसाद महतोको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उल्लेख्य संख्यामा सेयर सदस्यहरु सहभागी रहेका थिए ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया