गर्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा युवा शिक्षक चीरञ्जीवि तिवारी चयन

167

चितवन । माडीको बरुवास्थित गर्दी सामुदायिक पुस्तकालय व्यवस्थापन समितिको अध्यक्षमा युवा शिक्षक चीरञ्जीवि तिवारी चयन हुनुभएको छ ।

सोमबार पुस्तकालयमा सम्पन्न दशौं साधारणसभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा तिवारीसहित ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको हो । समितिको उपाध्यक्षमा चुडामणि पौडेल, सचिवमा नारायण अधिकारी, कोषाध्यक्षमा शुक्रमियाँ महतो र सहसचिवमा पदम लामा चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा अप्सरा पाण्डे, सन्तोष सुवेदी, भोजराज पौडेल, रामलाल महतो र यशोदा क्षेत्री चयन हुनुभएको छ भने लेखा समितिको संयोजकमा सुर्य अधिकारी चयन हुनुभएको पुस्तकालयले जनाएको छ ।

पुस्तकालयका तात्कालीन अध्यक्ष भरत प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रममा माडी नगरपालिकाका कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलको प्रमुख आतिथ्य रहेको थियो ।

SwadeshPost