मोहन पोखरेल, चितवन
विज्ञापन १
माडीको बरुवास्थित माडी आयुर्वेद औषधालयमा आयुर्वेदिक औषधोपचार लिन आउने बिरामीहरुको चाप बढ्न थालेको छ ।
विज्ञापन २
सबै प्रकारको आयुर्वेद सेवा निःशुल्क प्रदान गर्दै आइरहेको सो औषधालयमा हाल पूर्वकर्म अन्तरगत शिरोधारा, स्नेहन, स्वेदन, कट्टी, बस्ती, जान्नु बस्ती, पत्रपिण्ड स्वेदन लगायतका सेवा सञ्चालनमा रहेको आयुर्वेद औषधालय प्रमुख शोभाखर दवाडीले जानकारी दिनुभयो ।
विज्ञापन ३
सो औषधालयमा गत आ.व.मा ९३८२ जनाले आयुर्वेद तथा बैंकल्पिक चिकित्सा सेवा, ८३७५ जनाले ओ.पी.डी. सेवा, ४०५ जनाले आयुर्वेद स्वास्थ्य शिविरबाट सेवा र ६०२ जनाले नागरिक आरोग्य सेवा क्लिनिक सेवा लिएको औषधालय प्रमुख दवाडीको भनाई छ ।