वनबाट आउने र वनबाट आएका दुबैले माडीलाई दुःख दिए : रबि लामिछाने (भिडियो सहित)

142
SwadeshPost

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले वनबाट आउने र वनबाट आएका दुबैले माडीलाई दुःख दिएको बताउनुभएको छ ।

उल्लेख्य सहभागिताबिच माडीको बसन्तपुरस्थित होटल प्याराडाइजमा सम्पन्न रा.स्व.पा.को माडी नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आउँदो मंसिर ४ गते रविवार परेको र सो दिन रबिको उदय हुने बताउनुभयो ।

बाँदरमुढेको घटना, शक्तिखोरको अडियो र मतपत्र च्यातिएको घटना आफूले नबिर्सेको बताउँदै निकुञ्जमाथि आकासे पुलको सपना देखाइएको तर व्यवहारमा केहि पनि हुन नसकेको उहाँले बताउनुभयो ।

नारायणीको किनारमा सम्पन्न धन्यवाद सभाबाट रोपिएको बीउ हाल बिरुवाको रुपमा अगाडि आएको र पछि सितल छाहारी दिने रुख बन्ने बताउँदै उहाँले आफ्नो दललाई मतदान गर्न सबैमा आह्वान गर्नुभयो ।

यसअघि सोही कार्यक्रमबाटै उहाँले चितवन क्षेत्र नं. ३का लागि उम्मेदवारी घोषणा गर्ने भनिएपनि उहाँले आफ्नो उम्मेदवारी घोषणा भने गर्नुभएन । माडीले सहयोग गरेमात्रै आफू उम्मेदवार बन्ने उहाँको भनाई थियो । (भिडियोः सभापति लामिछानेको मन्तव्य)

SwadeshPost