देश-प्रदेश खबर पोष्ट

विकासको लहर ल्याउन आफूलाई जिताउन पूर्वमन्त्री एवम् राप्रपा उपाध्यक्ष पाण्डेको आग्रह

चितवन । पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले विकासको लहर ल्याउन आफूलाई जिताउन आग्रह गर्नुभएको छ ।

राप्रपा चितवन क्षेत्र नम्बर ३ को आयोजनामा भरतपुरको पार्वतीपुरमा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आउँदो निर्वाचनमा राष्ट्रवादी सोच भएका र राष्ट्रप्रति समर्पित भएकाले राप्रपाको जित हुनुपर्ने जिकीर गर्नुभयो ।

राप्रपालाई देशको नेतृत्व गर्ने अवसर दिएमा काम गरेर देखाउने दाबी गर्दै उहाँले अग्रगमनको छर्लाङ मारेको भन्नेहरुले समेत देशलाई भलो गर्ने काम गर्न नसकेको बताउनुभयो । कालोपत्रे टाँसेको भरमा विकास भएको भ्रम छरिएको उहाँको भनाई थियो । कार्यक्रममा १ सय ५ जना राप्रपा पार्टी प्रवेश गरेको सो पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार