चितवन । निलम्बित क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।
विज्ञापन १
कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । आज स्वदेश फर्किन लागेको जानकारी उनी आफैले सामाजिक सन्जाल मार्फत् दिएका हुन् ।
विज्ञापन २
क्यारेबियन लिग खेल्न उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक नाबालिकाले उनीबिरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।
विज्ञापन ३