चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्दै चितवनका वडाध्यक्षहरु डेलिगेशनमा काठमाडौं पुगेका छन् ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित भरतपुर महानगरपालिकाका वडाध्यक्षहरु प्रचण्डलाई चितवन क्षेत्र नं. ३ बाटै चुनाव लड्न अनुरोध गर्दै डेलिगेशनमा गएका हुन् ।
चितवनको विकासमा प्रचण्डको आवश्यकता अपरिहार्य रहेकाले चितवन ३ बाटै चुनाव लड्न उनीहरुको अनुरोध थियो । जवाफमा प्रचण्डले पार्टीको निर्णय अनुसार आफू अघि बढ्ने भन्दै डेलिगेशन टिमलाई धन्यवाद दिनुभएको जनाइएको छ ।