चितवन । युरोपियन देश नेदरल्याण्डका विशेषज्ञ चिकित्सकहरुले माडीमा तीन दिनसम्म दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने भएका छन् ।
विज्ञापन १
आउँदो असोज २३ देखि २५ गतेम्म माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुन लागेको निःशुल्क दन्त स्वास्थ्य शिविरमा युरोपियन दन्त विशेषज्ञहरुले युरोपियन स्तरको सेवा दिन लागेका हुन् ।
विज्ञापन 2
नेदरल्याण्ड ओरल हेल्थ सोसाइटी र जनजीवन माध्यमिक विद्यालयले संयुक्त आयोजनामा आयोजना गरेको सो दन्त स्वास्थ्य शिविरमा सहभागी भई दाँत सम्बन्धी सबैखाले स्वास्थ्य सेवाहरू निःशुल्क प्राप्त गर्न विद्यालयका कर्मचारी गोविन्द पन्तले सार्वजनिक अनुरोध गर्नुभयो ।