चितवन । वन्यजन्तु संरक्षण, भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेकाृ कदरस्वरुप माडीको कल्याणपुर मध्यवर्ती सामुदायिक वन सम्मानित भएको छ ।
सामुदायिक वन अभियानमार्फत जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान गरेको कदर गर्दै चितवन वन प्राविधिक समाजले माडीको सो सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो ।
समाजको सोह्रौं बार्षिक भेला एवं एघारौं साधारणसभाका अवसरमा डिभिजन वन कार्यालय परिसर भरतपुरमा सम्पन्न एक कार्यक्रमबिच वन उपभोक्ता समूहका अध्यक्ष जीत बहादुर चापागाईंलाई दोसल्ला र कदरपत्रसहित सम्मान भएको हो ।
कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको पहलमा वन क्षेत्रभित्र भू-संरक्षण, समुदायमा होमस्टे सञ्चालन, पुष्प मदन वनबाटिका र भ्युटावर मार्फत पर्यटन प्रवर्द्धन लगायत वन्यजन्तु संरक्षण सम्बन्धी विभिन्न काम हुँदै आएको छ ।