देश-प्रदेश खबर पोष्ट

एमालेले चितवन २ मा निवर्तमान सांसद पोखरेललाई नै टिकट दिने, ज्ञवाली प्रदेशसभा उम्मेदवार

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. २ मा प्रतिनिधी सभातर्फ निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई टिकट दिने भएको छ ।

२०७० सालको संविधानसभामा साविक क्षेत्र नं. ३ (हालको क्षेत्र नं. २) र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित पोखरेललाई नै एमालेले दोहोर्याउने भएको हो ।

टिकट निश्चित भएसंगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पोखरेलले ‘चितवनका पछाडी क्षेत्रहरुमा अझै बाटाघाटा, बिजुली बत्तीको अभाव रहेकाल विकास निर्माणका बाँकी काम अगाडि बढाउने’ भन्दै ‘आफ्नो जीत सुनिश्चित रहेको’ बताउनुभयो ।

प्रदेशसभातर्फ चितवन २ ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको एमाले श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार