आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

माडीको अमिलियामा ध्रुबेले एक घर भत्काई खाद्यान्न लगायतका सामानहरू विनाश

  • A
  • A+
  • A++

चितवन । कुख्यात मानवभक्षी ध्रुबे हात्तीले माडी-१, अमिलियामा एक घर भत्काई त्यहाँभित्र रहेका खाद्यान्न लगायतका सामानहरू विनाश गरेको छ ।

विज्ञापन १

अमिलिया कृषि फर्म (प्रा.) लि.ले माडीको अमिलिया गाउँमा स्थापना गरेको कृषि फर्मको, ब्लक निर्मित दुईकोठे घर भत्काई ध्रुबेले अन्न बाली, माछाको दाना, चामल आदि विनाश गरेको हो ।

विज्ञापन २

अमिलियामै बसी कृषि फर्म सञ्चालन गर्दै आएका आफूसहित अन्य तीनजना युवाहरु हात्ती आउँदा मचानमा चढी ज्यान जोगाएको घटनास्थलबाट कमल विश्वकर्माले जानकारी दिनुभयो ।

विज्ञापन ३

हात्तीले गतबर्ष पनि सो घर भत्काएको थियो । फर्मले सो स्थानमा हाल १५ हेक्टरको पोखरीमा माछापालन सहित पाडा, कुखुरा, बाख्रा र टर्की पालन गर्दै आएको छ । निकुञ्जबाट निक्लिएका बाघ र हात्तीजस्ता जनावरहरुले फर्ममा पालिएका पाडा, बाख्रा आदि मार्ने गरिआएका छन् ।

तपाईको प्रतिक्रिया