आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा

  • A
  • A+
  • A++

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गर्नुभएको छ ।

विज्ञापन १

पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उहाँले सामाजिक सञ्जालमार्फत जनाउनुभएको हो ।

विज्ञापन २

नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति ऐक्यवद्धता रहने भन्दै उहाँले राष्ट्रको सर्वोपरी हितका लागि उत्तिकै सक्रिय रहने समेत लेख्नुभएको छ ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया