देश-प्रदेश खबर पोष्ट

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन ३ मा उपाध्यक्ष बिक्रम पाण्डे उम्मेदवार हुनुहुने

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ मा पार्टी उपाध्यक्ष बिक्रम पाण्डे उम्मेदवार हुनुहुने भएको छ ।

नेकपा एमालेसंग गठबन्धन गरी उम्मेदवार हुने तयारी रहेपनि राप्रपा र एमालेबिचको चुनाबी तालमेल शनिवार साँझसम्मै नटुङ्गिएसंगै पाण्डेले राप्रपा उम्मेदवारकै रुपमा चितवन ३ का लागि उम्मेदवारी दर्ता गर्ने हुनुभएको हो ।

हाल केन्द्रमा दुबै दलबिच छलफल अन्तिम चरणमा रहेको र चुनाबी तालमेल भएरै जाने राप्रपा नेताहरु बताउँछन् । तर एमाले पक्ष भने राप्रपासंग गठबन्धन हुने अवस्था नरहेको भन्दै यसबारे आइतबार बिहानसम्म अन्तिम टुङ्गो लाग्ने बताउँछ ।

यद्यपि, राप्रपासंग तालमेलको सम्भावना कायमै राख्दै एमालेले चितवन ३ मा हालसम्म प्रतिनिधीसभा उम्मेदवार निश्चित गरेको छैन । यस क्षेत्रका लागि एमालेबाट माडीका युवा नेता रामप्रसाद न्यौपानेको नाम सर्बसम्मत सिफारिस रहेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार