देश-प्रदेश खबर पोष्ट

दलहरुले प्रतिनिधीसभाको समानुपातिक बन्दसुचीमा समेटे चितवनका अनुहारहरु (नामसहित)

माडी, चितवन । मुख्य राजनैतिक दलहरुले प्रतिनिधीसभाका लागि पेश गरेका समानुपातिक उम्मेदवारहरुको बन्दसुचीमा चितवनका अनुहारहरु पनि परेका छन् ।

प्रतिनिधीसभातर्फ चितवनबाट नेकपा एमालेले बालिका कुमारी गिरी (खस आर्य महिला) र पुरुषोत्तम न्यौपाने (खस आर्य पुरुष)को नाम समेटेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले चितवनबाट भीम प्रसाद थपलिया (खस आर्य पुरुष), अन्जनी श्रेष्ठ (आदिवासी जनजाति महिला), विष्णु माया परियार (दलित महिला) र शान्ति बिक (दलित महिला)को नाम संघीय समानुपातिकको बन्द सुचीमा सुचिकृत गरेको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले विजय घले (आदिवासी जनजाति पुरुष), भरतललाल चेपाङ (आदिवासी जनजाति पुरुष), ज्ञानु बस्नेत सुवेदी (खस आर्य महिला), हीरा देवी कँडेल (खस आर्य महिला), ईश्वर रिजाल (खस आर्य पुरुष), लक्ष्मी नेपाली (दलित महिला), रणेन्द्र बराली (दलित पुरुष) र कल्पना मिया (मुस्लिम महिला)को नाम समानुपातिकको बन्दसुचीमा राखेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले समिना मिया (मुस्लिम महिला), सबिना बिक (दलित महिला), सबिना महतो (थारु महिला), लक्ष्मी कुमारी चौधरी (थारु महिला), आशिष लो (जनजाति पुरुष), विष्णु प्रसाद पौडेल (खस आर्य पुरुष) र शकुन्तला अधिकारी (खस आर्य महिला)को नाम समेटेको छ ।

जनता समाजवादीले दलित पुरुष कोटामा तारा विश्वकर्माको नाम समेटेको छ । सो सुचीमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)बाट भने चितवनका कसैको पनि नाम सुचिकृत छैन ।

राजनीतिक दलहरुको समानुपातिक सूची निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको हो । प्रतिनिधिसभातर्फ ४८ वटा दलले उम्मेदवारको बन्द सूची बुझाएका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार