मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

बागमती प्रदेशसभाको समानुपातिक बन्दसुचीमा अँटाए चितवनका अनुहारहरु (नाम सहित)

  • A
  • A+
  • A++

चिततव । मुख्य राजनैतिक दलहरुले बागमती प्रदेशसभाको समानुपातिक बन्दसुचीमा पनि चितवनका अनुहारहरु समेटेका छन् ।

विज्ञापन १

प्रदेशसभाको समानुपातिक सुचीमा नेकपा एमालेबाट हरि प्रसाद सापकोटा (खस आर्य पुरुष), सुनीमाया प्रजा (आदिवासी जनजाति महिला), मंगल राम दराई (आदिवासी जनजाति पुरुष), शान्ति कुमारी चौधरी (थारु महिला), सरस्वती कतिला (मधेसी महिला) र सुनिता अधिकारी (दलित महिला)को नाम सुचिकृत रहेको छ ।

विज्ञापन २

सो सुचीमा नेपाली काँग्रेसबाट ऋषिराज पाण्डे (खस आर्य पुरुष), विनु रायमाझी पौडेल (खस आर्य महिला), सरोज गुरुङ (आदिवासी जनजाति पुरुष), गीता गुरुङ (आदिबासी जनजाति महिला), माया श्रेष्ठ (आदिवासी जनजाति महिला) र चन्द्र कुमारी चौधरी (थारु महिला)को नाम अँटाएको छ ।

विज्ञापन ३

त्यस्तै नेकपा (माओवादी केन्द्र)बाट माडीका महिला नेतृ अम्बिका लामिछाने (खस आर्य महिला)सहित संगीत भट्टराई रेग्मी (खस आर्य महिला), ईश्वर सापकोटा (खस आर्य पुरुष), बिमला बराइली (दलित महिला) र विष्णु कुमारी थारु (थारु महिला)को नाम बन्दसुचीमा समेटेको छ ।

सुचीमा नेकपा (एकीकृत समाजवादी)बाट कुबेर शिङ लामा (आदिवासी जनजाति पुरुष), सुशीला देवी लामिछाने (खस आर्य महिला), अशोक बहादुर थापा क्षेत्री (खस आर्य पुरुष), सुनिता महतो (थारु महिला) र बाबुराम पाठक (खस आर्य पुरुष)को नाम समेटिएको छ ।

त्यस्तै, जनता समाजवादी पार्टीबाट माडीकी महिला नेतृ सन्तरेशा महतो (थारु महिला)को नाम सुचिकृत छ । रा.प्र.पा. नेपालबाट कल्पना थापा (खस आर्य महिला) र मुना कुमारी चौधरी (थारु महिला)को नाम समेटिएको छ ।

त्यस्तै, राप्रपाबाट दीपक थापा मगर (आदिवाशी जनजाति पुरुष), रुद्र प्रसाद ढकाल (खस आर्य पुरुष), मीना कुमारी न्यौपाने (खस आर्य महिला), गीता लम्साल (खस आर्य महिला) र मीना बिक (दलीत माहिला)को नाम समेटिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशतर्फ उम्मेदवारी दिएको छैन ।

तपाईको प्रतिक्रिया