चितवन । पाँचदलीय गठबन्धन अन्तरगत चितवन क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
विज्ञापन १
प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाका विश्वासपात्र समेत रहनुभएका नेता श्रेष्ठलाई काँग्रेसले चितवन क्षेत्र नं. २ को उम्मेदवार टुङ्ग्याएको हो ।
विज्ञापन 2
काठमाडौं, ललितपुर र चितवन लगायतका स्थानमा निजी आवासीय विद्यालयहरु सञ्चालन गर्नुभएका उहाँले मिडिया, जलबिध्युत, बैंक अन्य कयौं क्षेत्रमा लगानी गर्नुभएको छ ।
चितवन क्षेत्र नं. २ बाट काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनाल र निवर्तमान पार्टी सभापति जितनारायण श्रेष्ठ समेत उम्मेदवारको आकंक्षी रहनुभएको थियो ।