माडी, चितवन । अन्ततः चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले पार्टीका चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
विज्ञापन १
यस क्षेत्रमा एमाले र राप्रपाबीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले झैं एमालेले पनि प्रदेश संगै संघीय सिटहरुमा उम्मेदवारी दर्ता गर्न लागेको हो ।
विज्ञापन २
एमालेबाट चितवन ३ का लागि सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएका जिल्ला पार्टी अध्यक्ष एवं माडीका युवा उम्मेदवार न्यौपानेले नै टिकट पाउनुभएको छ ।
विज्ञापन ३
चितवन ३ अन्तरगत प्रदेशसभा (क) मा पूर्व सांसद कृष्ण भूर्तेल र (ख)मा माडीका महिला नेतृ एवं पार्टीका बागमती प्रदेश सदस्य सरस्वती बिष्टले टिकट पाउनुभएको छ ।
#स्वदेश न्युज डेस्क
२०७९ असोज २३ गते आइतबार दिउँसो ०१:१९ मा प्रकाशित