चितवन । प्रमुख राजनैतिक दलहरुले माडी क्षेत्रबाट समानुपातिकमा सिफारिस गरेका अधिकांश नामहरु सिफारिसमै सिमित भएका छन् ।
नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र रा.प्र.पा.ले संघीय र प्रादेशिक संसदका लागि माडीका दर्जन बढी नेताहरुको नाम सिफारिस गरेको भएपनि दुईजना बाहेक कसैको पनि नाम बन्दसुचीमा परेको छैन ।
संघतर्फ एमालेबाट शिवजी गायक, काँग्रेसबाट काशी अधिकारी र शिवनारायण गुरौ तथा रा.प्र.पा.बाट कुल बहादुर दुराको नाम सिफारिसमा परेको थियो ।
प्रदेशतर्फ एमालेबाट कमल रामदाम, जगराम चेपाङ र सरस्वती बिष्टको नाम सिफारिस भएको थियो । काँग्रेसबाट सबिता बराल, शोभाखर चापागाईं, छबिलाल भट्टराई, हरिप्रसाद पौडेल, हिमाल गुरुङ, शुक्रमिया महतो, कृष्णकुमारी पौडेल, शिवमाया भट्टराई र तिलक भुसालको नाम प्रस्तावित थियो ।
त्यस्तै, माओवादी केन्द्रबाट नेत्र काफ्ले र अम्बिका लामिछाने तथा राप्रपाबाट तुल्सिङ गुरुङ, मानकुमारी मल्ल र लील कुमार गुरौको नाम सिफारिस रहेको थियो ।
एमाले नेतृ सरस्वती बिष्टको नाम चितवन ३ (ख) बाट प्रत्यक्षतर्फ समेत सिफारिस भएकोमा उहाँले टिकट पाउनु भएको छ भने माओवादी केन्द्रबाट अम्बिका लामिछानेले समानुपातिकको बन्द सुचिमा स्थान पाउनुभएको छ ।