आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन-३ मा निर्वाचन लड्न जुम्लादेखि पोखरा सम्मका बासिन्दाहरुले उम्मेदवारी दर्ता

  • A
  • A+
  • A++

चितवन । देशकै चर्चित निर्वाचन क्षेत्रका रुपमा परिचित चितवन-३ मा निर्वाचन लड्न जुम्लादेखि पोखरा सम्मका बासिन्दाहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

विज्ञापन १

चितवन ३ मा निर्वाचन लड्न जुम्लाको तिला गाउँपालिका-४, नुवाकोट गाउँ निवासी नन्दराज उपाध्यायले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

विज्ञापन २

सुधारिएको लोकतन्त्रका लागि निर्वाचन रुपान्तरणको एजेण्डा स्थापित गराउन प्रचण्डले चुनाब लड्ने क्षेत्रमा उम्मेदवारी दिने पूर्व घोषणा गरेअनुसार यस क्षेत्रमा उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।

विज्ञापन ३

त्यस्तै पोखरा महानगरपालिका-३, गुठीबारी निवासी जीता बरालले पनि चितवन-३ बाट उम्मेदवारी दिनुभएको छ । भ्रष्टाचार बिरोधी अभियन्ताका रुपमा चिनिने उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्नुभएको हो ।

बरालले प्रचण्डको उम्मेदवारी जहाँ रहन्छ, त्यहीँबाट आफूले चुनाब लड्ने घोषणा गर्नुभएपनि गोरखा-२ नसरी उहाँले चितवनमै उम्मेदवारी दिनुभएको हो । चितवन ३ अन्तरगतका प्रदेश उम्मेदवारहरु भने सबैजना चितवनकै रहेका छन् ।

तपाईको प्रतिक्रिया