चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता, काँग्रेसका बागी कोइरालालाई समर्थन

74
SwadeshPost

चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर पाँचदलीय गठबन्धनबाट बागी बन्नुभएका काँग्रेस उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ ।

देशकै चर्चित निर्वाचन क्षेत्रका रुपमा परिचित चितवन क्षेत्र नं. ३ मा अर्को राजनैतिक ‘ट्वीस्ट’ स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्रमार्फत एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको हो ।

काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट पुग्नुभएको थियो ।

SwadeshPost