आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन क्षेत्र नं. ३ मा प्रतिनिधीसभातर्फ २० जना उम्मेदवारहरुले चुनाबी भिँडन्त गर्ने

  • A
  • A+
  • A++

चितवन । देशकै सर्बाधिक चर्चित निर्वाचन क्षेत्र मानिएको चितवन ३ मा प्रतिनिधीसभातर्फ २० जना उम्मेदवारहरुले चुनाबी भिँडन्त गर्ने भएका छन् ।

विज्ञापन १

निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं. ३, चितवनले प्रकाशन गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार यस क्षेत्रमा १२ जना स्वतन्त्र र ८ जना दलीय उम्मेदवार रहेका हुन् ।

विज्ञापन २

चितवन ३ मा पाँचदलिय गठबन्धनका डा. भोजराज अधिकारी र राप्रपाका बिक्रम पाण्डेको मुख्य दलीय उम्मेदवारी रहेको छ ।

विज्ञापन ३

त्यस्तै जनता समाजवादी पार्टीका काशिम मिया, राष्ट्रिय जनमुक्ति पार्टीका जग बहादुर पुनमगर, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, नेपाल मजदुर किसान पार्टीका पदम थापा मगर र मंगोल नेशनल अर्गनाइजेशनका फैन्द्रजंग गुरुङको दलीय उम्मेदवारी रहेको छ ।

यसैगरी, जगन्नाथ पौडेल र दिनेश कोइराला सहित चन्द्र विलाश अधिकारी, तारा प्रसाद पौडेल, तारानाथ पौडेल, नन्दराज उपाध्याय, बद्री सिलवाल, बासुदेव सापकोटा, भिम्सीन बस्नेत, राजन सापकोटा, सुमित्रा राई गिरी र हरि तामाङ स्वतन्त्र उम्मेदवार रहनुभएको हो ।

तपाईको प्रतिक्रिया