चितवन । नेकपा (एमाले)बाट चितवन क्षेत्र नं. ३ (ख) का प्रदेश सभा उम्मेदवार सरस्वती विष्टले माडीबाट चुनाबी अभियान सुरु गर्नुभएको छ ।
एमाले बागमती प्रदेश सदस्य एवं माडीका महिला नेतृ समेत रहनुभएका बिष्टले पुष्पमदन बाटिकास्थित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिकमा माल्यार्पण गरी चुनाबी अभियान थाल्नुभएको हो ।
माल्यार्पण गर्दै विष्टले पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा आफू हिड्ने र मंसिर ४ मा जनताले असल र विकासवादी नेतृत्व चुन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँसगैं समानुपातिक उम्मेदवार हरि सापकोटाले पनि शालिकमा माल्यार्पण गर्नु भएको हो ।
बिहीबार प्रदेश सभा उम्मेदवार बिष्ट सहित एमाले चितवनका नेताहरू सम्मिलित चुनाब प्रचार टोलीले बाँदरमुढे स्मारकमा दीप प्रज्वलन र सो घटनाका घाइतेहरुसंग भेटघाट समेत गरेको थियो । त्यस्तै, पूर्व प्रधानपञ्च केवल चौधरी, थारु अगुवा धनेश्वर चौधरी, पुरानो कम्युनिस्ट नेता रामलखन चौधरी लगायतसंग भेट एवं आयोध्या धाम, त्रिवेणी धाम र गोद्वक धाम पुगी पूजा समेत भएको एमाले माडीका सचिव श्रीप्रसाद दवाडीले जनाउनुभयो ।