मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

धानबाली पाक्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै

  • A
  • A+
  • A++

चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ ।

विज्ञापन १

हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको बताएका छन् । हरेक रातजसो माडीको बनकट्टा, भैरवपुर, पौहारी, धोबाहा लगायतका गाउँहरुमा जंगली हात्तीको बथान छिर्ने गरेको हो । धानखेतमा छिरेर हात्तीले बाली विनाश गर्न थालेसंगै निकुञ्ज नजिकका क्षेत्रमा किसानहरु धान काट्न र थन्क्याउन ब्यस्त हुन थालेका छन् ।

विज्ञापन २

विगतका बर्षदेखि नै धान काट्ने र थन्काउने समयदेखि नै हात्तीहरु गाउँहरुमा छिर्ने, घर भत्काउने र मान्छेको ज्यानै लिने गरिआएका छन् । हात्तीहरु खेत र बस्तीमा छिर्नबाट रोक्न सडक बत्ती जोड्ने, विद्युतीय फेन्स सहितको मेजसाली लगाउने र हात्ती आउने समयमा गाउँलेहरुले ट्रयाक्टर चढी हात्ती धपाउने प्रयास हुने गरेको छ । (फाइल फोटो)

विज्ञापन ३

तपाईको प्रतिक्रिया