देश-प्रदेश खबर पोष्ट

रेडियो कलर जडित बाघको आक्रमणबाट माडीको पौहारीमा ३ वटा खसी मरे

चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले गएसाँझ माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ ।

राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा खसी मारेको हो ।

बाघ आएर खसीबाख्राहरु मार्न थालेको थाहा पाएलगत्तै गोठमा ओर्लिएर महतोले टर्च बाली हल्ला गर्दै बाघलाई धपाउनुभएको थियो । बाघको घाँटीमा पेटी बाँधेको देखिएको महतोले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जले समस्यादायी बाघ नियन्त्रणमा लिएपश्चात बाघको घाँटीमा रेडियो कलरयुक्त पेटी बाँधेर पुनः प्राकृतिक बासस्थानमै छाडने गरेको छ । यस आधारमा निकुञ्जको अनुगमनमै रहेको बाघले समेत माडीका कृषकहरुको पशुचौपाया मारिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार