चितवन । जंगली जनावरहरु बस्तीमा प्रवेश हुनबाट रोक्न निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जडान गरिएको हेलोजिन बत्ती मर्मत नहुँदा बल्न छाडेको छ ।
माडीको पौहारी र भैरवपुर लगायतका गाउँमा जडान रहेको हेलोजन बत्तीहरु विगत केहि महिनादेखि बल्न छोडेको निकुञ्ज छेउका बासिन्दाहरु बताउँछन् । बिजुलीको तार र बत्तीहरुको मर्मत नहुँदा र वडा कार्यालयले मिटरको बिल भुक्तानी गर्न बन्द गर्दा बत्ती बल्न बन्द भएका हुन् ।
बत्ती नबल्दा छाडेकाले जंगली जनावरहरु बस्तीमा छिर्ने त्रास बढेको छ । जंगली हात्ती र गैंडा लगायतका जनावरहरु गाउँमा पसेर बालीनाली नष्ट गर्ने र मानवीय हताहती समेत हुनेगरेको सन्दर्भमा गतबर्ष माडीका निकुञ्ज छेउका विभिन्न स्थानमा हेलोजिन बत्ती जडान गरिएको थियो ।