माडी (स्थानीय) खबर पोष्ट

माओवादी केन्द्र सम्बद्ध दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली चयन हुनुभएको छ ।

बुधबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो नगर भेला तथा अधिवेशनबाट नेपालीको अध्यक्षतामा ६५ सदस्यीय नगर कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षहरुमा सोम बहादुर सुनार, धर्म परियार, सुकमाया गायक र दिना बि.क. चुनिनुभएको छ । त्यस्तै, सचिवमा रजनी सुनार, सह-सचिबमा रचना रामदाम र इन्दिरा खाती तथा कोषाध्यक्षमा भीम बहादुर बि.क. रहनुभएको छ ।

रामबाबु बि.क.को अध्यक्षतामा सम्पन्न सो को कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन ३(ख)का उम्मेदवार ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्य र नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य रबिलाल बि.क.को विशेष आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार