मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

माडी नगर शिक्षा शाखाद्वारा बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम

  • A
  • A+
  • A++

चितवन । माडी नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयहरुमा कार्यरत बाल कक्षा सहजकर्ताहरुलाई शैक्षिक सामग्री निर्माण तालिम दिएको छ ।

विज्ञापन १

शाखाको आयोजनामा माडीका ३१ वटै सामुदायिक विद्यालयहरुमा कार्यरत ४२ जना बाल कक्षा सहजकर्ताहरुलाई मन्टेश्वरी शिक्षामा आधारित शैक्षणिक सामग्री निर्माण कार्यशाला मार्फत क्षमता विकास गरिएको हो ।

विज्ञापन २

तालिमका सहभागी बालकक्षा सहजकर्ताहरुले ‘लो कस्ट’ र ‘नो कस्ट’ अर्थान न्यून मुल्य वा निःशुल्क उपलब्ध हुनसक्ने चिजबिजहरुबाट शैक्षिक सामग्रीहरु बनाउन सिकेका हुन् । सहभागीहरुलाई टास्क नेपाल नामको संस्था सम्बद्ध प्रशिक्षकद्वय अर्जुन भट्ट र कमला देवकोटाले सिकाई सहजिकरण गर्नुभएको थियो ।

विज्ञापन ३

तपाईको प्रतिक्रिया