चितवन । तिहार पर्वको पूर्वसन्ध्यामा ईलाका प्रशासन कार्यालय माडीको संयोजकत्वमा माडीको बरुवा बजारमा खाद्य अनुगमन गरिएको छ ।
विज्ञापन १
अनुगमनका क्रममा केहि खाजा घर र किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य अवस्थाका सामग्री भेटिएको र बरामद बस्तुहरुलाई मगोइ खोलामा बिसर्जन (नष्ट) गरिएको कार्यालयले जनाएको हो ।
विज्ञापन २
यसअघि, दशैं पर्वको पूर्वसन्ध्यामा सो कार्यालयले माडीको बसन्तपुर बजारमा खाद्य अनुगमन गरी बरामद अखाद्य बस्तुहरू नष्ट गरेको थियो । बनार अनुगमनलाई निरन्तरता दिइने सो कार्यालयले प्रतिवद्धता व्यक्त गरेको थियो ।
विज्ञापन ३
व्यापारिक स्वच्छता कायम गरी उपभोक्ताको हक अधिकार स्थापित गर्ने कार्यमा उद्योगी तथा व्यवसायी वर्गमा नैतिकता र उपभोक्तामा सचेतना आवश्यक पर्ने हुँदा सरोकारवलाहरुलाई आफ्नो कर्तव्य र अधिकारप्रति सचेत रहन सो कार्यालयको अनुरोध छ ।