आइतबार, मङि्सर २३, २०८१
आइतबार, मङि्सर २३, २०८१

देश-प्रदेश खबर पोष्ट

सोमेश्वर क्षेत्र पुग्ने बाटो समयमै मर्मत नहुँदा पर्यटकहरुलाई असहज, बिचबाटै फर्किनुपर्ने बाध्यता

  • A
  • A+
  • A++

चितवन । देशकै प्रमुख एक सय पर्यटकीय गन्तव्यस्थलको सुचिमा परेको माडीको सोमेश्वर क्षेत्र पुग्ने बाटो मर्मत हुन नसक्दा पर्यटकहरुलाई असहज भएको छ ।

विज्ञापन १

माडीकै प्रमुख पर्यटकीय स्थल समेत रहेको सो क्षेत्रमा मोटरसाइकल र हलुका सवारी साधनहरुमा पुग्न चाहने यात्रुहरुलाई बाटोको कारण समस्या परेको हो । सवारी साधन लिएर सोमेश्वर क्षेत्र पुग्न चाहने पर्यटकहरुले गन्तव्यस्थल नपुग्दै फर्किनुपरको गुनासो गरेका छन् ।

विज्ञापन २

‘शनिवार सोमेश्वर क्षेत्रको घुमफिरका लागि आफूहरु आएपनि बाटो राम्रो नहुँदा बिच बाटोबाटै फर्किनुपरेको’ भरतपुरका सुनिल सापकोटाले गुनासो गर्नुभयो ।

विज्ञापन ३

अघिल्ला बर्षहरुमा साना तथा हलुका सवारी साधनहरु सहज रुपमै सोमेश्वर पुग्ने गरेका थिए । यसबर्ष नगरपालिकाले समयमै ध्यान दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई असहज भइरहेको हो ।

तपाईको प्रतिक्रिया