चितवन । प्रतिनिधिसभातर्फ चितवन-३ मा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलको समूहमा फुट आएको छ ।
गत स्थानीय निर्वाचनमा भुईंकटहर समूहका नामले चर्चित रही संघिय चुनाबसम्मै समूहकृत रहेको नेपाली काँग्रेसको बिद्रोही सो समूहबाट पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल लगायतको समूह अलग्गिएको हो ।
चितवन क्षेत्र नं. ३ मा उम्मेदवार उठाउने विषयमा सो समूहभित्र विवाद रहेको बताइन्छ । समूहबाट मीना खरेल उम्मेदवारको आकंक्षी रहेकोमा भरतपुरमा मेयरमा बागी उठ्नुभएका जगन्नाथ पौडेलले नै संघीय उम्मेदवारी दिएपछि खरेल, सापकोटा र श्रेष्ठ समूह असन्तुष्ट रहेको हो ।
पौडेलसँग असन्तुष्ट बनेको समूहले कांग्रेसका बागी दिनेश कोइरालालाई सर्मथन गर्ने चर्चा चलेको छ । पौडेलले भने कोइरालालाई समर्थन नगर्ने बताउँदै आउनुभएको छ ।
भरतपुर महानगरको मेयरमा चुनाब लड्दा खर्च विवरण नबुझाउनुभएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर भुईंकटहर समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले भरतपुर महानगरको मेयरमा १४ हजार भन्दा बढी मत ल्याउनुभएको थियो ।