माडीमा पाँचदलीय गठबन्धनको ७ सदस्यीय चुनाबी स्टेरिङ्ग र २०१ सदस्यीय प्रचार प्रसार समिति

120

चितवन । पाँचदलीय गठबन्धनले नेपाली काँग्रेस माडीका सभापति कोमलनाथ भुसालको संयोजकत्वमा माडी नगरस्तरीय ७ सदस्यीय चुनाबी स्टेरिङ्ग कमिटि र २०१ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गरेको छ ।

स्टेरिङ कमिटिका सदस्यहरुमा काँग्रेसबाट तिलक भुसाल र लोकनाथ लामिछाने, नेकपा (माओवादी केन्द्र)बाट प्रभु प्रसाद महतो र गिरिधारी सुवेदी तथा नेकपा (एकीकृत समाजवादी)बाट प्रेमराज तिमिल्सिना र रामचन्द्र लम्साल रहनुभएको छ । स्टेरिङ्ग कमिटिको सुचना संयोजकमा समाजवादीका युवा नेता लम्साललाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी हरेक वडामा समेत ७/७ सदस्यीय वडास्तरीय निर्वाचन परिचालन समिति र १०१ सदस्यीय चुनाब प्रचार प्रसार समिति गठन गर्ने निणर्य भएको सुचना संयोजक लम्सालले जनाउनुभयो ।

काँग्रेस नेता एवं बाम लोकतान्त्रिक गठबन्धन चितवन ३(ख)का प्रदेश निर्वाचन परिचालन समितिका संयोजक शोभाखर चापागाईंको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो ।

SwadeshPost