चितवन । सोमेश्वरगढी पुग्ने बाटो बिग्रिई पर्यटकहरु फर्किनुपरेको समाचार सार्वजनिक भएको एक दिन नबित्दै बाटो मर्मत भएको छ ।
विज्ञापन १
स्वदेश एफ.एम.ले सोमबार सोमेश्वर क्षेत्र पुग्ने बाटो मर्मत हुन नसक्दा पर्यटकहरुलाई असहज भएको समाचार प्रकाशन गरेकोमा मंगलबार (आज) बाटोको मर्मत भएको हो ।
विज्ञापन 2
समाचारबाट ध्यानाकर्षण भएको र सोमेश्वर क्षेत्र पुग्न नसकेर फर्किएका अन्य केहिले समेत गुनासो गरेकाले युवा निर्माण व्यवसायीहरुको सौजन्यमा निर्माण साधन लगी बाटो मर्मत गरिएको माडी ५का पूर्व वडाध्यक्ष समेत रहनुभएका माडीका युवा अगुवा रामबन्धु पोखरेलले बताउनुभयो ।
माडीकै प्रमुख पर्यटकीय स्थल समेत रहेको सो क्षेत्रमा हालै सकिएको बर्षायाममा पानीका कारण बाटो बिग्रँदा मोटरसाइकल र हलुका सवारी साधनहरुमा पुग्न चाहने यात्रुहरुलाई बाटोको कारण समस्या रहेको थियो ।