मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

‘विप्लव’ नेतृत्वको नेकपाको पोलिटब्युरो सदस्यमा माडीका नेता सन्देश पौडेल निर्वाचित

  • A
  • A+
  • A++

चितवन । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट माडीका नेता सन्देश पौडेल पोलिटब्युरो सदस्य निर्वाचित हुनुभएको छ ।

विज्ञापन १

असोज अन्तिम साता कपिलबस्तुमा सम्पन्न महाधिवेशनबाट सो पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः निर्वाचित हुनुहुँदा माडीका नेता पौडेल पोलिटब्युरोमा चुनिनभएको हो ।

विज्ञापन २

महाधिवेशनबाट चितवन जिल्लाबाट स्थायी समिति सदस्यमा अनिल शर्मा ‘बिरही’ र केन्द्रीय सदस्यमा ‘क. उत्सव’ चुनिनुभएको छ ।

विज्ञापन ३

महाधिवेशनले ६ सदस्यीय स्थायी समिति र २९ सदस्यीय पोलिटब्युरो चयन गरेको हो । त्यस्तै ८१ जना पूर्ण केन्द्रीय समिति र ४५ जना बैंकल्पिक केन्द्रीय सदस्य गरी १२६ जनाको केन्द्रीय समिति निर्वाचित गरेको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया