
चितवन । काठ चिर्ने क्रममा दुर्घटना हुँदा माडी-९, बगहीँमा एकजनाको मृत्यु भएको छ ।

आराको प्रयोगबाट घरमै काठ चिर्ने क्रममा मुढालाई अड्याएको टेको लड्दा चिरानी मुढाले च्यापिँएर सोमबार दिउँसो माडी नगरपालिका-९, कृष्णनगर (राईटोल) निवासी अन्दाजी बर्ष ६५ का थर्का बहादुर गुरुङको मृत्यु भएको हो ।

मुढाले टाउको च्यापिँदा गम्भीर घाइते हुनुभएका गुरुङलाई उपचारका लागि बघौंडा अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । गुरुङले माडी-९, बगहीँ निवासी भीम बहादुर दुराको घरमा काठ चिर्ने क्रममा सो दुर्घटना भएको थियो ।

मृतकको शव हाल (यो समाचार पोष्ट गर्दाको समयमा) बघौडा अस्पतालमा रहेको छ । घटनाको अनुसन्धान सुरु भएको माडी प्रहरीले जनाएको छ ।