

चितवन । माडी-३, रतनी हुँदै सिमरा गाउँ जाने बाटोमा पर्ने रीउ (रेवा) नदीमा ह्युम पाइप राखी बाटो मर्मत सुरु भएको छ ।

बर्षायाम सकिएर पानीको बहाब कम भएसंगै सिमरा गाउँ पुग्ने बाटोमा गतबर्षझैं यसबर्षपनि ह्युमपाइप राखेर पानीको निकाश गरी वारपार गर्न सहज बनाउन लागिएको माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

यसैबिच, रतनी गाउँबाट सिमरा पुग्ने रीउ नदीमा झोलुंगे पुल निर्माण कार्य भने अलपत्र परेको छ । सस्पेन्सन ब्रिज डिभिजनले २०७८ मंसिरबाट निर्माण सुरु गरेको सो झोलुंगे पुलको सुरुवाती काम अगाडि बढेपनि पेट्टी ठेकदारले काम छाडेको हो । हाल मुख्य ठेकदार पक्षसंग सम्पर्कको प्रयास भइरहेको माडीका नगरप्रमुख महतोले जानकारी दिनुभयो ।
