चितवन । माडी क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा पशुचौपाया मार्दै आएको बाघ नियन्त्रणमा लिइएको छ ।
विज्ञापन १
पशुभक्षी सो पोथी बाघलाई बिहीबार बिहान करीब १०ः३० बजे माडी-१, चन्द्रपुरी गाउँ नजिकै काँसघारीबाट नियन्त्रणमा लिइ खोरमा हालिएको हो ।
विज्ञापन 2
बाघ नियन्त्रणमा लिन राष्ट्रिय प्रकृति संरक्षण कोषका सुटर तीर्थ लामा र भेटेरिनरी डक्टर किरणराज रिजाल सहित चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक एवं निकुञ्ज रक्षक सेना, गर्दी चुरे मध्यवर्ती सामुदायिक वन र पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरुको सामुहिक प्रयासमा बाघ नियन्त्रणमा आएको हो ।
बाघ नियन्त्रणमा लिन सो टोलीले क्यामेरा ट्रयापिङ सहित पछिल्लो एक सातादेखि रातभर प्रयास गर्दै आएको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु)ले जनाउनुभयो ।