चितवन । माडीको प्रस्तावित वडा नं. १०, हनुमानझुला पुगेका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले त्यहाँका बासिन्दाहरुको सपना पुरा हुने बताएका छन् ।
बाँदरझुलाबासीको स्वागतबाट थप उर्जा मिलेको बताउँदै प्रतिनिधि सभा उम्मेदवार डा. भोजराज अधिकारीले उनीहरुको विश्वासलाई उर्जामा बदल्ने बताउनुभयो ।
जनतासँग अस्पतालको आफ्नो योजना उल्लेख गर्दै उहाँले स्वास्थसँगै शिक्षालाई पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निस्सा वितरण भइसकेको सो स्थानमा लालपूर्जा सम्बन्धी समस्या हल गर्ने उहाँको भनाई थियो ।
त्यस्तै, चितवन ३(ख) का प्रदेशसभाका उम्मेदवार ठाकुर प्रसाद ढकालले बादरझुलाका जनताको आवश्यकता र चाहना आफुले नजिकबाट बुझेको बताउँदै बस्तीको स्थायित्व, निकुञ्ज सम्बन्धी समस्या समाधान तथा खोला नदी तटबन्धनका लागि आफ्नो भूमिका रहने बताउनुभएको थियो ।