मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

बाघको आक्रमणबाट मृत्यु भएका अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया

  • A
  • A+
  • A++

चितवन । चितवन राष्ट्रिय निकुञ्जले बाघको आक्रमणमा परी मृत्यु भएका माडी भैरवपुरका सुर्यनाथ अधिकारीको परिवारलाई राहत स्वरुप १० लाख रुपैंया उपलब्ध गराएको छ ।

विज्ञापन १

दिवंगत अधिकारीको माडी-२, भैरवपुरस्थित निवासमै पुगी निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले १० लाख रुपैंयाको चेक प्रदान गर्नुभएको हो ।

विज्ञापन २

रकम हस्तान्तरण कार्यक्रममा निकुञ्जका सहायक संरक्षण अधिकृत एवं प्रवक्ता गणेश प्रसाद तिवारी, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटा (बासु) र अन्य पदाधिकारीहरु सहभागी रहनुभएको थियो ।

विज्ञापन ३

यसअघि गत भदौ २५ गते शनिवार गाईबस्तु चराउन अमिलिया क्षेत्रमा पुगेका ५५ बर्षका अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

चरनमा गएका गाईबस्तु साँझपख घरमा फर्किएपनि चराउन गएका अधिकारी घर नफर्किनुभएपछि खोजीमा गएको टोलीले भोलिपल्ट बिहान उहाँको शव भेटेको थियो ।

तपाईको प्रतिक्रिया