माडीको बगही क्षेत्रमा नेटवर्कको समस्या, स्थानीयवासीहरु मोबाइल संचार सेवाबाट बन्चित

146

चितवन । माडी नगरपालिका-९, बगहीका अधिकांश क्षेत्रहरुमा बिगत लामो समयदेखि नेटवर्क समस्याका कारण स्थानीयवासीहरु मोबाइल फोन तथा संचार सेवाबाट बन्चित भएका छन ।

नेटवर्क समस्याका कारण कान्छी बगहीं, प्याउली, जेठी बगहीं लगाएका क्षेत्रमा बसोबास गर्ने झन्डै ५०० घरधुरी मोबाइल फोन तथा संचार सेवामा पछाडि परेको स्थानीयवासीको गुनासो छ ।

घरमा मोबाइल भएर पनि फोन गर्न समस्या भएका कारण खेत तथा अग्लो ठाउँमा गएर फोन गर्नुपर्ने समस्या रहेको स्थानीय गंगाबहादुर अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार, गाउँमा कोही बिरामी भएमा नेटवर्कको समस्याका कारण एम्बुलेन्स सेवाबाट समेत बन्चित रहनुपरेको दुखेसो गर्नुभयो ।

हाल माडी ९ वडा कार्यालयले बगहीँ क्षेत्रमा मोबाइल टावर राख्ने पहल लिएपनि सफल भइनसकेको भन्दै अधिकारीले यो समस्याको तत्कालै सुनुवाई गरिदिन सम्बन्धित सरोकारवालाहरुमा अनुरोध पनि गर्नुभयो । (फोटो: कान्छी बगहीँ गाउँ)

SwadeshPost